Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देउवाद्वारा राठौर, बुढाथोकी र घिमिरेलाई केन्द्रीय सदस्य मनोनयन - Himalkhabar.com

समाचारशुक्रबार, जेठ २८, २०७३

देउवाद्वारा राठौर, बुढाथोकी र घिमिरेलाई केन्द्रीय सदस्य मनोनयन

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किशोरसिंह राठौर (वर्दिया), केशवकुमार बुढाथोकी (झापा) र श्यामकुमार घिमिरे (महोत्तरी) लाई नेपाली कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम राठौर, बुढाथोकी र घिमिरेलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा आज मनोनयन गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

तीन जना मनोनित भएसँगै कांग्रेसको केन्दीय समिति ७४ सदस्यीय भएको छ।

देउवाले यसअघि १३ औं महाधिवेशनमा आफूसँग पराजित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त  चौधरी र नरहरि आचार्य  सहितका सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।

२०-२४ फागुन २०७२ मा सम्पन्न  काठमाडौमस सम्पन्न १३ औं  महाधिवेशनले तीन जना पदाधिकारी र ६१ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।

कांग्रेसको विधानले सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ।

सभापतिले एक जना उपसभापति, एक जना महामन्त्री र एक जना सह-महामन्त्री केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था पनि छ ।

तर पार्टीको आन्तरिक विवादका कारण देउवाले पदाधिकारीमा कसैलाई मनोनित गर्न सकेका छैनन् ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>