समाचारशुक्रबार, जेठ २८, २०७३

थापा र स्वराजबीच भेटवार्ता

हिमालखबर

तस्वीर: उपप्रधानमन्त्री कमल थापाको ट्वीटरबाट

तस्वीर: उपप्रधानमन्त्री कमल थापाको ट्वीटरबाट

भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।

आज, २८ जेठ साँझ स्वराजसँगको भेटवार्तापछि मन्त्री थापाले भेटवार्ता उपयोगी र रचनात्मक भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् भने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले थापा–स्वराजबीचको वार्तालाई नेपाल र भारतबीच सम्बन्धको निरन्तरता भनेका छन्।

थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आजै भारतको नयाँदिल्ली गएका हुन् । भारतमा रहँदा थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नयाँदिल्ली प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा उनले भनेका थिए, “दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुनेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>