समाचारशुक्रबार, जेठ २८, २०७३

माओवादीसँग भद्र सहमति भएको छैन–पोखरेल

हिमालखबर

ishwor_pokhrelनेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार निर्माणको क्रममा कुनै भद्र सहमति नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा २८ जेठ साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण गरिएको विषय दुःखद् रहेको बताए । उनले सरकार निर्माणको बेलामा एमाओवादीसँग नौबुँदे सहमतिबाहेक अरु कुनै सहमति नभएको चर्चा गर्दै अब संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उल्लेख गरे ।

महासचिव पोखरेलले नेपाली काँग्रेस र एमालेबीच भएको बैठकमा समझदारीका साथ संविधान कार्यान्वयन र नयाँ कानुन तथा कानुन संशोधनका लागि सहमति भएको बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>