खेलकुदशनिबार, जेठ २९, २०७३
युरोकप शुरु, फ्रान्सको विजयी शुरुवात
युरोकप २०१६ मा आयोजक फ्रान्सले विजयी शुरुवात गरेको छ । २८ जेठ राति फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पेरिसको स्टेड डे फ्रान्स रंगशालामा ५७ औं मिनेटमा ओलिभर जिरुडले गोल गरेर घरेलु टीमलाई अग्रता दिलाए। त्यसको आठ मिनेटपछि नै रोमानियाले पेनाल्टीमार्फत खेलाई १–१ को बराबरीमा ल्याए । रान्सेली डिफेन्डर प्याट्रिस एभ्राले बोगनान स्टान्चुलाई डि एरिया भित्र फल गरेपछि पाएकाे पेनाल्टी रोमानियाका स्टान्चुले सदुपयोग गरे ।
खेलको ८९ औं मिनेटमा दिमित्री पायटले निर्णायक गोल गरेर फ्रान्सलाई जिताए । सूमह ए रहेको फ्रान्सले तीन अंक जोडेको छ । यो समूहमा स्विटजरल्याण्ड र अल्बानिया पनि छ ।
२४ देश सहभागी युरोकपमा जम्मा ६ समूह छन् ।
प्रत्येक समूहमा रहेका चार मध्ये शीर्ष दुईमा रहने १२ टोली तथा तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टोली गरी अन्तिम १६ मा प्रवेश गर्ने छन् र नकआउट चरण शुरु हुनेछ ।
खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
