रमझमशनिबार, जेठ २९, २०७३

‘मायाको साँघु’

हिमालखबर

NDGwITB‘हल्ला चलेछ’ गीतमार्फत आफू अमेरिकामा पलायन नभएको स्पष्टीकरण दिए पनि मंगोलियन हार्ट का गायक राजु लामा उतै बस्छन्। तर, उनको मन भने नेपालमै रहेछ।

यसैसाता लामाले सिन्धुपाल्चोकको सुनचौरमा रु.४१ लाख ७६ हजारको स्वलगानीमा निर्माण गरिने झोलुंगे पुलको उद्घाटन गरे। लामाले ७५ मीटर लामो पुलको नाम ‘मायाको साँघु’ राखेका छन्।

“पुलले लाङटाङ, आमायाङरी, पाँचपोखरी र हेलम्बुलगायतका गाउँको पर्यटन विकासमा सहयोग पुर्‍याउँछ भन्ने लागेको छ”, सिन्धुपाल्चोकमै जन्मिएका लामाले भने।

लोकपप गायनमा बेग्लै स्थान बनाएका लामा पछिल्लो समय राजु लामा फाउन्डेसनमार्फत समाजसेवामा लागेका छन्। फाउन्डेसनमा रकम जम्मा गर्न उनी विभिन्न देशमा सांगीतिक कार्यक्रमसमेत गरिरहेका छन्।

भूकम्पले सबैभन्दा बढी प्रभावित गृहजिल्लाको अवस्था देखेर मन पग्लिएको बताउने लामा अब गायन र सेवा एकसाथ लैजाने बताउँछन्। त्यसो त ब्याण्डका अर्का सदस्य बबी लामा पनि गृहजिल्लाका भूकम्पपीडितको राहतमा सक्रिय छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>