Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गोली प्रहारबाट एक किशोरीको मृत्यु - Himalkhabar.com

समाचारशनिबार, जेठ २९, २०७३

गोली प्रहारबाट एक किशोरीको मृत्यु

हिमालखबर

डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।

डोटीको पचनाली गाविस–६, की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको हो ।

शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए ।

एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पु¥याउन नपाउँदै साँउदको मृत्यु भएको छ ।

साउँदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>