समाचारशनिबार, जेठ २९, २०७३
‘मधेशको समस्या हल गर्न राष्ट्रिय सरकार’
नेपाल कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।”
वर्तमान सरकारले मधेशीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उनले सहमतिको सरकार नेतृत्व कांग्रेसले लिएमा सहमति जुट्ने पनि बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
