समाचारशनिबार, जेठ २९, २०७३

पार्टी प्रवेश कार्यक्रमका लागि उपेन्द्र यादव सुनसरी पुगे

हिमालखबर

upendra yadavकाठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन छाडेर संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुनसरी पुगेका छन् ।

उनी पार्टी प्रवेश कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् । यादवले सुनसरीमा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेता एवम् पूर्व सभासद सविता यादवलगायतलाई पार्टी प्रवेश गराएका छन् ।

यादवले आजै पदम अधिकारी नेतृत्वको लिम्बुवान पार्टीसँग एकता कार्यक्रममा सहभागिता जनाउँनेछन् । २६ जेठमा यादवले रौतहटका एमाले नेता रेवन्त झालाई पार्टी प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>