अर्थ/बजारशनिबार, जेठ २९, २०७३
साढे सात हजारमै कलर्सको स्मार्ट फोन
कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि–५० स्मार्टफोन बजारमा ल्याएको छ । यो फोन पहिलो पटक स्मार्ट फोन चलाउन लागेका ग्राहकलाई लक्षित गरेर ल्याएको हो । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापा नर्मल मोवाईलकै मूल्यमा उत्कृष्ट स्मार्ट फोनग्राहकको हातमा पुर्याउन पि–५० बजारमा ल्याएको बताउँछन् ।
प्राईड सिरिजले प्रारम्भिक तहको बजेटका स्मार्टफोनलाई कायमै राखेको कम्पनीको दाबी छ । ५ इन्चको ठुलो एचडी आइपिएस स्क्रिन रहेको पि–५० मा २२०० एमएएचको ब्याट्री छ । १ जिबी र्याम प्लस ८ जिबी रोमको मेमोरी छ । यसलाई ३२ जिबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।
१.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा छ । मोवाईलको मूल्य रु. ७ हजार ४९५ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>