थप समाचारशनिबार, जेठ २९, २०७३

विधेयकले शिक्षालाई गुणस्तरीय बनाउँछः शिक्षामन्त्री

हिमालखबर

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताएका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–११, काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा बोल्दै उनले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अब शिक्षालाई रोजगारीसँग जोड्नका लागि पारित शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले शिक्षालाई अब प्रविधि र रोजगारीमैत्री बनाएर लैजान सरकार कटिवद्ध रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>