समाचारशनिबार, जेठ २९, २०७३
नेपालका सबै जाति आदिवासीः उपप्रम मैनाली
उपप्रधानमन्त्री सिपी मैनालीले नेपालका सबै जाति आदिवासी भएको बताएका छन् ।
संयुक्त खस क्षेत्री नेपालको स्थापना दिवसमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालको नागरिकता लिएका सबै जातजाति लामो समयदेखि मुलुकमा बस्दै आएकाले आदिवासी भएको बताए ।
उनले क्षेत्रीले आफूहरुलाई मात्र समेटेर संयुक्त खस क्षेत्रीभन्दा पनि बृहत् खसलाई एक ठाउँमा समेटेर अगाडि बढ्दा मात्र आफ्नो पहिचान स्थापना गर्न सकिने बताए ।
मैनालीले भने, “सबै खस मिले मात्र आफ्नो अधिकार र पहिचान स्थापित हुन्छ, नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति खस क्षेत्रीलाई छुट्टै पहिचान पनि दिनुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
