खेलकुदशनिबार, जेठ २९, २०७३

फुटबल खेलाडी तामाङलाई सम्मान

हिमालखबर

जुनियर फुटबल एकेडेमी (जेएफए)ले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङलाई सम्मान गरेको छ ।

बालुवाटारस्थित एकेडेमीमा आयोजित कार्यक्रममा जेएफका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले उहाँलाई दोसल्ला ओढाएर सम्मान गरे ।

तामाङलाई केही हप्ताअघि मात्र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै रु २५ लाख नगदसहित सम्मान गरेको थियो । नेपाली सेनाका सदस्य रहेका उनी त्रिभुवन आर्मी क्लबका समेत महत्वपूर्ण खेलाडी हुन् ।

प्रमुख प्रशिक्षक क्षेत्रीले फुटबलमार्फत लामो समय देशका लागि योगदान दिएका तामाङजस्ता खेलाडीलाई उचित कदर गर्ने परिपाटी बसेमा नयाँ पुस्तालाई पनि हौसला मिल्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...