समाचारशनिबार, जेठ २९, २०७३

चन्द माओवादीद्वारा एनसेलकाे टावर ध्वस्त

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लमजुङस्थित एनसेलको टावरमा आक्रमण गरी ध्वस्त बनाएको छ ।

लमजुङको हिलेटक्सार गाविस माझगाउँमा रहेको टावरमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए । उनीहरुले टावरमा जडान गरिएका तार, बक्स, मिटरलगायतध्वस्त बनाएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तारबारले घेरिएको टावरमा जाँदा तार काटेको, टावरको सामाग्री रहेको ठाउँमा ताला फोरेको र जेनेरेटर समेत जलाइदिएको छ ।

माओवादी लमजुङका सेक्रेटरी अविरल न्यौपानेले पार्टीको केन्द्रीय नीति अनुरुप टावरमा आक्रमण गरेको जनाए ।

–युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>