समाचारशनिबार, जेठ २९, २०७३
‘बाबुरामले झुटो प्रचार गरे’
संघीय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले झुटो प्रचार गरेको बताएका छन् ।
भट्टराईले संघीय जनमुक्ति पार्टी र नयाँ शक्तिबीच एकीकरण भएको भनेर झुटो प्रचार गरेको थापाले हिमालखबरलाई बताए । उनले भने, “काठमाडौंमा पार्टीको दुई दिनदेखि महाधिवेशन चलिरहेको छ, बाबुरामले एकीकरण भएको भनेर गलत प्रचार गरेका हुन् ।”
संघीय जनमुक्ति पार्टीको महाधिवेशन काठमाडौंमा जारी छ । थापाका अनुसार भट्टराईको नयाँ शक्तिमा भर्खरै संघीय जनमुक्ति पार्टीमा आएका पर्शराम तामाङ मात्रै गएका हुन् । तर, भट्टराईले पार्टी नै एकता भएको भनेर पत्रकार सम्मेलन गरेका थिए ।
अध्यक्ष थापाले भने, “पार्टी एकता होइन, तत्काल कुनै संभावना समेत छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
