समाचारआइतबार, जेठ ३०, २०७३

गच्छदारले सरकार छाड्ने

हिमालखबर

मधेशी जनाधिकारी फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न शुरु गरेको हो ।

“हामी जुन उद्देश्यले सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भएन”, लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले भने, “सरकारमा बस्नुको औचित्य छैन ।”
ओली सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदेखाएको फोरम लोकतान्त्रिकको गुनासो छ ।

“आठ बुँदे माग पूरा गर्न हामीले प्रधानमन्त्रीलाई पटक पटक आग्रह गरेका छौं”, उनले भने, “तर त्यसको कार्यान्वयन भएन । आठ बुँदे मागलाई धोती लगाउने काम भयो ।”

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>