समाचारआइतबार, जेठ ३०, २०७३
फोरम लोकतान्त्रिकको केन्द्रीय समिति बैठक बस्दै, सरकारबारे छलफल हुने
मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्य समिति बैठक आजबाट शुरु हुने भएको छ ।
दिउँसो १ बजेबाट केन्द्रीय कार्यालयमा बैठक शुरु हुने नेता हिरेन्द्र सिंहले बताए । पहिलो महाधिवेशनपछि बस्न लागेको पहिलो बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै सरकारबारे समेत छलफल गर्दैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुअघि भएको आठ बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले तत्परता नदेखाएकाले सरकार छोड्नेसम्मको निर्णय केन्द्रीय समिति बैठकले गर्न सक्ने एक नेताले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
