समाचारआइतबार, जेठ ३०, २०७३

ग्याँसको सिलिण्डर पड्कदा घाइते भएका ताम्राकारको मृत्यु

हिमालखबर

ललितपुरकाे मंगलबजार हौगलमा ग्याँसको सिलिण्डर पड्कदा घाइते भएका राजेश ताम्राकार (३६)को उपचारको क्रममा मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचारत ताम्राकारको निधन भएपछि स्थानीयले अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् । ८ जेठमा भाँडाकुँडा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्कदा घटनास्थलमै सुरेश ताम्राकार र ध्रुब ताम्राकारको मृत्यु भएको थियो भने राजेश घाइते भएका थिए ।

उनीहरुले ग्याँस कम्पनीले उचित सम्बोधन नगरेको भन्दै अहिले प्रदर्शन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>