समाचारआइतबार, जेठ ३०, २०७३

बाबुराम भट्टराईद्वारा नयाँ शक्ति नेपाल घोषणा

हिमालखबर

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आज दशरथ रंगशालामा आयोजित सभामा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरेका छन् ।

यसअघि नयाँ शक्ति अभियान नाम दिइएको उक्त पार्टीका संयोजक रहेका भट्टराईले घोषणा सभामा पार्टीका सदस्यहरुलाई सामूहिक सपथ ग्रहण पनि गराए ।

घोषणा सभामा प्रमुख राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, भारतीय राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी भएका छन् ।

यसअघि राजधानीका विभिन्न स्थानबाट पदयात्रा गर्दै नयाँ शक्तिका कार्यकर्ताहरु रंगशाला पुगेका थिए ।

पार्टीले ३१ र ३२ जेठमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा छलफल सत्र सञ्चालन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>