Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानन्यायाधीशसँग आफ्नो नाता रहेको लोकमानको दावी, न्यायाधीशविरुद्ध छुद्र व्यवहार भयोः कानून व्यवसायी - Himalkhabar.com

थप समाचारआइतबार, जेठ ३०, २०७३

प्रधानन्यायाधीशसँग आफ्नो नाता रहेको लोकमानको दावी, न्यायाधीशविरुद्ध छुद्र व्यवहार भयोः कानून व्यवसायी

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कामु प्रधानन्यायाधीश सुशीला कार्कीसँग आफ्नो नाता सम्बन्ध रहेको जनाउँदै आफू प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीश कार्कीको इजलासबाट नहेर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले दिएको आदेश विपरित काम गरी अख्तियार प्रमुख कार्कीले अदालतको अवहेलना गरेको भन्दै शान्ता दीक्षितले दायर गरेको मुद्दा आज (३० जेठ) कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो ।

त्यसको सुनुवाईको क्रममा अख्तियार प्रमुखले आफ्नो पुस्तावली पेश गरी सात पुस्ताभित्रको नाता रहेको भन्दै मुद्दा नहेर्न मागसहितको निवेदन दिएका थिए ।

इजलासमा शुरुमै लोकमानको निवेदन प्रस्तुत गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्कीले लोकमानका वकिललाई सोधेकी थिइन्, ‘यो के हो ?’

जवाफमा लोकमानसिंह कार्कीको प्रतिरक्षामा आएका अधिवक्ता करुणकर मल्लिकले आफूहरुले इजलासलाई नातासम्बन्धबारे जानकारी मात्र गराएको बताए ।

जवाफमा दीक्षितका कानून व्यवसायी रमेश बडालले मुलुकी ऐनको अदालती बन्दोबस्तको महल र अपुतालीको महल उल्लेख गर्दै मुद्दा हेर्न नमिल्ने गरीको सम्बन्ध नभएको दावी गरे ।

“अख्तियार प्रमुखले सम्माननीयसँग नाता रहेको विवरण खेस्रा गरेर पेश मात्र गरेका छन्, यो खेस्रा कानूनी रुपमा प्रमाणित छैन, प्रमाणबिनाको लेखोटको कुनै अर्थ छैन”, उनले भने, “लोकमानको निवेदन प्रधानन्यायाधीशलाई मुद्दा हेर्नबाट ‘ब्लक’ गर्ने उद्देश्यले आएको छ ।”

यस्तो बहस सुनेपछि कामु प्रधानन्यायाधीशले लोकमासिंह कार्कीका वकिलाई ‘अब मैले अख्तियारविरुद्धका कुनै पनि मुद्दा हेर्न नमिल्ने हो ? के अचम्म गरेको यस्तो ?’ भनेर सोधेकी थिइन् ।

त्यसपछि उनले थपिन्, “म कहिल्यै लोकमानजीको घरमा गएको छैन, मेरो बुवा पनि जानुभएको छैन, मैले त उनलाई चिन्दा पनि चिन्दिन, कुनै पार्टीमा भेट भएको हुनसक्छ नत्र मेरो त भेट पनि भएको छैन, कार्की हुँदैमा नाता पर्ने हुन्छ ?”

अधिवक्ता बडालले शेषपछिको सम्पत्तिमा हक लाग्ने व्यक्तिको मुद्दा पो हेर्न नमिल्ने, भन्दै कानूनी प्रावधानबारे बताएका थिए । त्यसपछि लोकमानका वकिललाई कामु प्रधानन्यायाधीश कार्कीले फेरी सोधिन्,“म हकवाला हो कि होइन ?”

जवाफमा अधिवक्ता मल्लिकले ‘यसअघि शान्ता दीक्षितसँगको नातासम्बन्धबारे पत्रिकामा समाचार आएको र यो कुरा पनि प्रकाशित भयो भने अदालतकै विश्वसनियतामा प्रश्न उठ्ने’ बताए ।

कामु प्रधानन्यायाधीशको शान्ता दीक्षितसँग नाता सम्बन्ध रहेकोले उनले हेरेको मुद्दा विवादमा तानिएको भन्दै केही सञ्चारमाध्यममा अख्तियारले समाचार लेखाएको थियो ।

त्यसविरुद्ध सर्वोच्च अदालतले विज्ञप्ती निकालेर कामु प्रधानन्यायाधीश कार्कीको नातासम्बन्धबारे भ्रामक समाचार प्रकाशित भएको जनाएको थियो । दीक्षितसँग कामु प्रधानन्यायाधीश कार्कीको कानूनीमा उल्लेखित सूचिभित्रको नाता सम्बन्ध नरहेको स्पष्ट पारेको थियो ।

अधिवक्ता बडालले अख्तियार र लोकमानसिंह कार्की जोडिएका कुनै पनि मुद्दा हेर्नबाट रोक लगाउन कामु प्रधानन्यायाधीशसँगको नातासम्बन्धबारे अफवाह फैलाएको बताए ।

“यो न्यायाधीशविरुद्ध गरिएको छुद्र व्यवहार हो, अख्तियार र प्रमुख आयुक्तले आफूहरु जोडिएको मुद्दा प्रधानन्यायाधीशले हेर्न मिल्दैन भनेर स्थापित गर्ने प्रयास गरेका छन्”, उनले हिमालखबरसँग भने,“प्रधानन्यायाधीशसँग त यस्तो छुद्र व्यवहार गर्छन् भने अरु सर्वसाधारणप्रति प्रतिशोध साध्न कस्तो व्यवहार गर्छन् होला ?”
-तुफान न्यौपाने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>