रमझमआइतबार, जेठ ३०, २०७३
पाटनमा बालबलिकाका चित्रकला
ललितपुरका पाँच बालबालिकाले तयार पारेका चित्र ललितपुरको पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।
२८ जेठबाट शुरु भएको ‘ब्युटि अफ नेपाल’ नामक प्रदर्शनीको उद्घाटन वरिष्ठ चित्रकार मदन चित्रकारले गरेका थिए ।
“रङसँग जति खेल्न सक्यो, उति आत्मविश्वास बढ्छ”, उनले साना कलाकारलाई भने, “थोरै रङले धेरै झ्ंकार पैदा गर्न सक्नु चित्रकारको कौशल हो ।”
प्रशान्त रञ्जित, सन्दिप महर्जन, अजेश्ना शाक्य, युश्मा हाडा र रीत कायस्थले बनाएका ४३ वटा वाटर कलर चित्रलाई संग्रहालयमा टाँगिएको छ ।
नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई क्यान्भासमा उतारिएका चित्रमा ललितपुरको चार घरे, थेचों, काठमाडौंको चोभार गणेश, लमजुङको पास गाउँ आदिका दृश्य दृश्य देख्न सकिन्छ ।
योङ्ग पिकासो नामक फाइन आर्ट स्कुलले आयोजना गरेको प्रर्दशनी जेठ ३२ सम्म चल्ने पिकासोका निर्देशक अजय देशारले बताए । बिक्रिका लागि समेत राखिएका चित्रहरूको मूल्य रु ६०० देखि १८०० सयसम्म छ ।