समाचारसोमबार, जेठ ३१, २०७३
दोलखाः एनसेल टावरमा चन्द माओवादीद्वारा आगजनी
दोलखाको भीरकोट–४ गैरीबेशीमा रहेको एनसेलको रिपिटर टावरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।
अगजनीबाट टावरमा रहेको जेनेरेटरमा पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
टावर सञ्चालनको लागि ‘पावर ब्याकअप’ को रुपमा प्रयोग गरिएको १५ केभी क्षमताको जेनेरेटरमा पूर्ण ध्वस्त भए पनि टावरले भने काम गरिरहेको उनले बताए ।
आगजनीबाट जेनेरेटर, केही केबल र स्वीचिङमा क्षति पुगेको र त्यसबाट रु ७ लाख बराबरको नोक्सान भएको एनसेलका फिल्ड कर्मचारीले जानकारी दिए ।
सर्मिला बुढाथोकी, दोलखा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>