समाचारसोमबार, जेठ ३१, २०७३

सरकारको पछिल्लो पत्र सकारात्मक छः महासचिव सुमन

हिमालखबर

manishआन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।

महासचिव सुमनले सिरहामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारको पत्रलाई सकारात्मक रुपमा लिएकाले अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिए ।

सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्दै उनले भने, “गठबन्धन वार्ता र संवादद्वारा नै निकास चाहन्छ, तर सरकार नै गम्भीर नभएकाले आन्दोलन लम्बिँदै गएको हो ।”

हामीले वार्ता अघि नै मधेश आन्दोलनको क्रममा घाइते भएकाको उपचार, मृतकलाई शहीद घोषणा, मुद्दा फिर्ता तथा गठबन्धनले प्रस्तुत गरेको ११ बुँदे मागबारे सरकारको प्रारम्भिक धारणा आओस् भन्ने चाहेका छौँ, महासचिव सुमनले भने, “सरकारको धारणा आउनासाथ हामी वार्ता गर्छौं ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>