समाचारसोमबार, जेठ ३१, २०७३

पर्सामा तस्कर र प्रहरीबीच गोली हानाहान

हिमालखबर

पर्सामा गए राति गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।

पर्सा वन्यजन्तु आरक्षको जङ्गलहुँदै आएको शंकरसरैया गाविसमा पर्ने भलुयाही खोलाको बगरमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जनकारी दिए ।

गाँजा तस्करहरुले भारतर्फ गाँजा तस्करी गरिरहेको सूचना पाएपछि ३० जेठ राति पौने १२ बजे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको ९ जना प्रहरीको टोलिमाथि तस्करहरुले आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले २ राउण्ड फायर गरेको बोगटीले बताए ।

प्रहरीका अनुसार जवाफी कार्वाही गरेपछि करिब १० जनाको समूहमा रहेका तस्करहरु गाँजा त्यहीं छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

मध्यरातमा अँध्यारो भएकाले पक्राउ गर्न नसकिएको तर, उनीहरुबाट करिब एक क्वीन्टल बराबरको १० पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>