समाचारसोमबार, जेठ ३१, २०७३
भौतिक आक्रमणप्रति एनसेल दुःखी
एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खामा रहेका १० वटा बेस स्टेसनमा भएको भौतिक आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
केही अज्ञात समूहले २९ जेठमा आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याएको घटनाले ‘स्तब्ध र दुःखी’ भएको एनसेलको विज्ञप्तिमा उल्लेख छ ।
भौतिक संरचनामा पुगेको क्षतिका कारण ती जिल्लाका करिब २ लाख ५० हजार ग्रामीण ग्राहकलाई संचार विहिन बनाएको कम्पनीको भनाइ छ ।
“यसबाट नागरिकको संचारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुनपुगेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले भौतिक आक्रमणबाट पुगेको क्षति यकिन भइनसकेको जनाएको छ । साथै, कम्पनीले आक्रमणपछि असुविधा पुगकोमा ग्राहकसँग क्षम याचना गरेको छ । एनसेलको १ करोड ४० लाखभन्दा बढी ग्राहक छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
