समाचारसोमबार, जेठ ३१, २०७३

शिविरमा रहेका भुटानीलाई घर फर्काउन वार्ता

हिमालखबर

asst_ambassadorएकजना क्यानेडियन अधिकारीले घर फर्किन चाहने भुटानी शरणाार्थीबारे क्यानाडा सरकारले नेपाल र भुटान सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।

३१ जेठ बिहान पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर पुगेका नेपालका लागि क्यानाडाका सहायक  राजदूत जेस डुटनले त शरणार्थीको स्वदेश फिर्ती चाहनालाई लिएर नेपाल र भुटान सरकारसँग वार्ता गरिरहेको बताए ।

“त्यस्तो वार्ताबाट हामी निकै नै आशावादी छौं,” शनिश्चरे शिविरमै आयोजित पत्रकारहरुसँगको संक्षिप्त भेटमा उनले भने, “नेपाल र भुटान दुवै देशसँग क्यानाडाको घनिष्ठ मित्रता भएकोले पनि हामीलाई आशावादी हुन सघाएको छ ।”

पुनर्वासका कारण शरणार्थीको संख्या घट्दै गएको उल्लेख गर्दै सहायक राजदुत डुटनले अब सानो संख्यामा रहेकाहरुको घर फिर्ती  आशा बढेको पनि बताए ।

साढे दुई लाख डलर सहयोगको घोषणा

सहायक राजदुत डुटनले भुटानी शरणार्थी सहायता कार्यको लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगलाई २ लाख ५०हजार अमेरिकी डलर (नेरु करिब दुई करोड ६७ लाख) सहयोगको समेत घोषणा गरे ।

उनले शरणार्थी शिविरमा चालु मानवीय सहायता कार्यको निरन्तरताको लागि सो रकमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>