समाचारसोमबार, जेठ ३१, २०७३

असईको अन्तिम नतिजा प्रकाशित

हिमालखबर

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि गत असारमा प्रकाशित विज्ञापन अनुसारको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

२३ असार, २०७२ मा प्रकाशित विज्ञापन अनुसार विभिन्न परीक्षामा उत्तिर्ण भई अन्तर्वार्तामा सम्मिलित भएका सबै समूहको अन्तिम उत्तिर्ण नतिजा प्रकाशित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उत्तिर्ण उम्मेदवारहरुले आगामी १२ असार आइतबार १० बजे सक्कल नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, तस्वीर सहित जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुर चितवनमा सम्पर्क राख्न पनि भनिएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>