Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देउवा आफ्नै चक्रव्यूहमा - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ३२, २०७३

देउवा आफ्नै चक्रव्यूहमा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको मनोनयन तत्काल नगर्ने भएका छन् ।

देउवा निकट नेताका अनुसार उपसभापतिमा किचलो परेपछि बाँकी रहेका ११ जना केन्द्रीय सदस्य र विभाग गठनपछि मात्र सभापति देउवाले उपसभापति, महामन्त्री र सह–महामन्त्री मनोनयन गर्नेछन् ।

गत ३ चैतमा पदभार ग्रहण गरेका सभापति देउवाले पार्टीको विधानअनुसार दुई महीनाभित्र अर्थात् ३ जेठभित्रै मनोनित र विभाग गठन गरिसक्नुपर्नेथियो ।

सभापतिले मनोनित गर्ने २१ जना केन्द्रीय सदस्य मध्ये देउवाले पदभार ग्रहणलगत्तै महाधिवशनमा सभापति पराजित उम्मेदवार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित उम्मेदवार अर्जन नरसिंह केसी र गगन थापा, कोषाध्यक्षमा पराजित उम्मेदवार चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनित गरेका थिए भने ४ दिनअघि किशोरसिंह राठौर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई मनोनित गरेका थिए ।

देशमा राजनीतिक अस्थिरता कायमै रहेको, संविधान कार्यान्वयनमा शंका उत्पन्न भइरहेको तथा मधेश आन्दोलन जारी नै रहेको बेला पार्टीभित्र सबै पदाधिकारी, केन्द्रीय सदस्य, संसदीय समिति, विभागलगायत सबै क्षेत्रलाई पूर्णता दिदै एक ढिक्का भएर अघि बढ्नुपर्ने भन्दै सभापति देउवालाई चर्काे दबाव परिरहेको छ ।

–नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>