थप समाचारमंगलबार, जेठ ३२, २०७३

पहिरोले घर पुर्दा दुई बालकको मृत्यु

हिमालखबर

ताप्लेजुङ नगरपालिका–८, मा गए राति पहिरोले घर पुरिदा दुई बालकको मृत्यु भएको छ ।

अविरल बर्षापछि घरमाथिबाट झरेको पहिरोले ५ बर्षीय अंशु तामाङ र ३ बर्षीय अमृत तामाङको मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बताए । उनका अनुसार १२ वर्षीय अस्मिता तामाङले आमालाई बचाए पनि दुई भाईहरुको मृत्यु भयो ।

आमा सीताको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था खतरामुक्त छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...