Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'कांग्रेसलाई संविधान कार्यान्वयनको चिन्ता' - Himalkhabar.com

समाचारमंगलबार, जेठ ३२, २०७३

‘कांग्रेसलाई संविधान कार्यान्वयनको चिन्ता’

हिमालखबर

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् ।

प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल कांग्रेसको पहिलो चिन्ताको विषय भएको बताएका हुन् ।

लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने उनको भनाई छ ।

“संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन,” पौडेलले भने, “कानून संसद्ले बनाउने हो, कांग्रेस संसद्‌मा छ, त्यहीँ बसेर कानून निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।”

उनले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै थपे, “कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”

संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर मात्रै स्थानीय निर्वाचन गराउनुपर्ने भन्दै उनले अब गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।

उनले कांग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्नेमा पनि जोड दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>