समाचारमंगलबार, जेठ ३२, २०७३

बेपत्ता आयोगमा उजुरी दिने समय एक महीना थप

हिमालखबर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयावधि एक महिना थप गरेको छ । २ वैशाखदेखि जेठ मसान्तसम्ममा उजुरी आव्हान गरेको आयोगले असार मसान्तसम्म उजुरी लिने आयोग सदस्य एवम् प्रवक्ता प्रा.डा. विष्णु पाठकले जानकारी दिए ।

दुई महीनामा दुई हजार २६४ उजुरी प्राप्त गरेको आयोगले उजुरी आउने क्रम नरोकिएको भन्दै समायावधि थप गरेको हो ।

द्वन्द्वपीडित साझा चौतारी, स्थानीय शान्ति समितिको कार्यालयलगायत अन्य सरोकारवाला निकायसँगको छलफल र परामर्शपछि समायावधि थप्ने निर्णय गरिएको प्रवक्ता पाठकले बताए ।

शान्ति मन्त्रालयसँग द्वन्द्वको अवधिमा एक हजार ४९५ व्यक्ति बेपत्ता भएको तथ्यांक छ । तर, आयोगले उजुरी मागेको दुई महीनामै दुई हजार बढी उजुरी परिसकेका छन् ।

“बेपत्ता पारिएको व्यक्तिको कानूनी हैसियत स्पष्ट नहुँदा पीडितलाई सम्पत्ति हस्तान्तरणदेखि अरु कानूनी जटिलता थिए”, प्रवक्ता पाठकले भने, “त्यसैले यस्ता जटिलतासँग जुध्न नसकेर बेपत्ता पारिएका धेरै व्यक्तिका परिवारले पहिले मृतकको सूचिमा नाम लेखाएका थिए, अहिले आयोगसमक्ष यथार्थ बताएका छन् ।”

उनले उच्च हिमाली भेगमा यार्चागुम्बा संकलन गर्न जाने समय भएकाले थपिएको अवधिमा पनि ती क्षेत्रबाट उजुरी परेनन् र पछि पीडितले समय माग गरे भने अझ थप्न सकिने जानकारी दिए । “स्थानीय शान्ति समितिमार्फत पीडितलाई अनुकूल पर्ने समयमा उजुरी लिनेछौं”, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>