Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर) - Himalkhabar.com

अर्थ/बजारमंगलबार, जेठ ३२, २०७३

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)

हिमालखबर

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा स्कोडा यतीको फेसलिफ्ट ल्याएको छ ।  नयाँ यतीको अधिक क्षमता, बेजोड नियन्त्रण, इन्धन कम खपत, विश्वासिलो र किफायती लगायतका विशेषाता रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्कोडा यतीको माइलेज १७ किलोमिटर प्रति लिटर रहेको छ ।

एमएडब्लु इन्टरप्राइजेज स्कोडा डिभिजनका बिजनेस हेड सुरज मानन्धर फेसलिफ्ट मोडेलमा प्रविधि र सुरक्षा व्यवस्था अपडेट गरिएको बताउँछन् । एबीएस, इएसपी, एचएचसी र इडीएल जस्ता सिस्टमले कारलाई अफ–रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्छ । अन र अफ–रोड दुवैमा यसको उच्च पर्फमेन्स रहेको मानन्धरको भनाई छ । सन् २००९ मा गरिएको युरो एनसीएपी क्र्यास टेस्टमा बजारमा उपलब्ध सुरक्षित कारमध्ये यतिले अधिकतम पाँच अंक पाएको थियो ।

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)

गाडीको अगाडि र पछाडिको छेऊमा लिड लाइट, नयाँ रेडियटर ग्रिल, नयाँ बम्पर, नयाँ फ्रन्ट हेडलाइट र फगलाइट छ । लाइट र १९ वटा ग्रिल रिबले यतिलाई झनै आकर्षक बनाएको छ । पहिलो पटक स्कोडा यतिमा बाइ–जेनन एएफएस हेडलाइट सिस्टम, लिड डे–टाइम रनिङ लाइट र हिल होल्ड कन्ट्रोल जडान गरिएका छन् ।

सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम, क्लामाट्रोनिक डुअल जोन एसी, कीलेस इन्जिन स्टार्ट एन्ड स्टप लगायतका सुविधाले स्कोडा यतीलाई प्रिमियम एसयुभी बनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्कोडा यती ४X२ को मुल्य रु. ७२ लाख ९५ हजार र स्कोडा यति ४X४ को रु. ७७ लाख ४५ हजार मूल्य छ ।

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)

न्यु फेसलिफ्ट स्कोडा यती बजारमा (पाँच तस्वीर)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>