समाचारमंगलबार, जेठ ३२, २०७३

राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको छः नेता नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् ।

आज झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सहमति कायम गर्न नेपाली कांग्रेस तथा मधेशकेन्द्रित दललाई पनि सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले मुलुकको विकासका लागि आर्थिक क्रान्ति जरुरी रहेकाले दलले जुँगाको लडाइँ छाडेर त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख दलबीच एकता कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले सबै दलले आ–आफ्नो अडान त्यागेर अघि बढ्नुपर्नेमा जोडदिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>