समाचारमंगलबार, जेठ ३२, २०७३

पुनःनिर्माणप्रति सरकार गैरजिम्मेवारः कांग्रेस संसदीय दल

हिमालखबर

नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले सदस्य सचिवमा धु्रव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झालाई चयन गरेको छ ।

त्यसैगरी बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा वर्तमान सरकार उदासिन रहेको र पुनःनिर्माणको कामलाई राजनीतिकरण गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कार्यकर्ता नियुक्तिको अवसरको रुपमा प्रयोग गरिएको, भूकम्प पिडितहरुको नामावली समेत राजनीतिक आस्थाका आधारमा हटाउने र राख्ने जस्ता काम भएको बैठकले आरोप लगाएको छ ।

त्यस्तै सुर्खेत लगायतका विभिन्न ठाउँहरुमा दुई वर्ष अघि गएको बाढिपहिरोबाट पीडित जनताहरुको राहत र पुनस्र्थापनालाई समेत सरकारले बेवास्ता गरेको कांग्रेसको आरोप छ ।

Loading...
ongress

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>