Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल राष्ट्र सङ्घको उपाध्यक्षमा निर्वाचित - Himalkhabar.com

समाचारबुधबार, आषाढ १, २०७३

नेपाल राष्ट्र सङ्घको उपाध्यक्षमा निर्वाचित

हिमालखबर

national flagसंयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक यो पदमा निर्वाचित भएको हो ।

नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रसङ्घीय प्रणालीमा नेपालको सक्रिय र प्रभावकारी प्रतिनिधित्व रहने र न्युयोर्कमा विभिन्न सन्धिका निकायहरु, स्थायी मिसनमा यस क्षेत्रका राष्ट्रका तर्फबाट निर्वाचित सदस्यका रुपमा रहनेछ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>