समाचारबुधबार, आषाढ १, २०७३

मोर्चा वार्तातिर, गठबन्धनको अाक्रोश

हिमालखबर

प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ। मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन्।

संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ।

मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन्। ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको वार्ता जोड्नुपर्ने बताएका छन्।

तमलोपाका महमन्त्री जितेन्द्र सोनलले सरकारको पछिल्लो पत्रलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले भने,‘मोर्चासँग विगतको वार्ता जहाँ अड्किएको हो, त्यहीँबाट सुरु गर्न अर्थात् वार्ताको निरन्तरताका लागि सरकारले बोलाएकाले सकारात्मक रूपमा लिनुपर्छ।’

–नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>