समाचारबुधबार, आषाढ १, २०७३

पुनःनिर्माणका लागि एक लाख घरधनीसँग सम्झौता

हिमालखबर

NRAभूकम्पबाट क्षतिग्रस्त घर पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार ३२ जेठ २०७३ सम्म गोरखामा १७ हजार ६६८, धादिङमा चार हजार ८२४, नुवाकोटमा एक हजार ५८८, रसुवामा एक हजार १०० र सिन्धुपाल्चोक ६ हजार ६६० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै, काभ्रेमा एक हजार ४७५, दोलखामा १६ हजार २००, रामेछापमा ३५ हजार ३८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २०२, सिन्धुलीमा एक हजार १०० र मकवानपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>