Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जनशक्तिको अभावमा न्याय प्रक्रिया लम्बिदै - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ १, २०७३

जनशक्तिको अभावमा न्याय प्रक्रिया लम्बिदै

हिमालखबर

न्याय दिने निकाय नै पूर्ण हुन नसक्दा नागरिकले छिटो/छरितो तरिकाले न्याय पाउनबाट वञ्चित हुने अवस्था आएको छ ।

नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले ९ जना न्यायाधीश मात्र कार्यरत छन् । न्यायाधीशको कमीका कारण मुद्दाको छिनोफानोमा ढिलाई भइरहेको छ ।

सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा छन् । रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्बाट तीन महिनाभन्दा अघि सिफारिस गरिएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।

संसदीय सुनुवाइको व्यवस्था नहुँदा सिफारिस भएका न्यायाधीशले पनि काम शुरु गर्ने अवस्था छैन । संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की समेत कायममुकायम नै छन् ।

अधिवक्ता डा चन्दकान्त ज्ञवालीका अनुसार जतिसक्दो छिटो संसदीय सुनुवाइ समितिको व्यवस्था गरेर सिफारिस भएका न्यायाधीशको सुनुवाइ गर्नु जरुरी छ ।

संविधानसभा नियमावली–२०७२ को प्रयोग गरेर ७५ जनाको संसदीय सुनुवाइ समिति वा नयाँ संविधानअनुसार प्रस्तावित नियमावलीमा १५ जनाको संसदीय सुनुवाइ समिति निर्माण गरेर छिटो प्रक्रिया अघि बढाउन सकिन्छ ।

अधिवक्ता ज्ञवालीले अझ अर्को विकल्प पनि देखाएका छन् । “संविधानसभा नियमावलीअनुसार सिफारिस भएका न्यायाधीशलाई पत्र पठाएको मितिले ३५ दिनभित्र सुनुवाइ नभए ३६ औँ दिन राष्ट्रपतिमार्फत नियुक्ति गराई काम शुरु गर्न सकिन्छ,”–उनले भने ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले न्यायधीशका लागि सिफारिस गरेका रामप्रसाद सिटौलाको सुनुवाइ रोकेर वर्तमान सरकारले नै ढिलाइ गरेको आरोप लगाए ।

नेपाल बार एशोसिएसनका पूर्व महासचिव तथा अधिवक्ता रमन श्रेष्ठले दलहरुको विवादका कारण संसदीय सुनुवाइ समिति गठन नहुँदा न्याय प्रक्रिया छिटो/छरितो हुन नसकेको बताए ।

“संविधान असफल बनाउन संविधान जारी गर्ने दलहरु नै लागेका छन्, संविधान कार्यान्वयन गर्न त मुलुकका जिम्मेवार दल मुलुकप्रति इमान्दार हुनुपर्यो नि !, किन नागरिकले न्यायमा ढिला भाको छ बुझनुपर्यो,” उनले भने ।

संवैधानिक अङ्गका पदाधिकारी सिफारिस भएपछि परीक्षण र सन्तुलनका संसदीय सुनुवाइ व्यवस्था छ । सो सुनुवाइ समिति गठन हुन नसक्दा न्याय सेवाको प्रक्रिया लम्बिदै गएको छ ।

राज्यको प्रमुख तीन अङ्गमध्ये एक अङ्गका रूपमा रहेको न्यायपालिकालाई सवल र सक्षम बनाउने राज्यको कर्तव्य भए पनि त्यसतर्फ सरकार र प्रतिपक्ष दलको ध्यान जान सकेको छैन । न्यायलयमा जनशक्ति कम हुँदा नागरिकले छिटो न्याय पाउन सकेका छैनन ।
कालिका खड्का, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>