Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसद्‌मा तीन विधेयक स्वीकृत, बैठक दुई घण्टा स्थगित - Himalkhabar.com

समाचारबुधबार, आषाढ १, २०७३

संसद्‌मा तीन विधेयक स्वीकृत, बैठक दुई घण्टा स्थगित

हिमालखबर

व्यवस्थापिका–संसदले आज, १ असारमा न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गरेको “केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१” लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै, सदनमा आजै कानूनमन्त्री खरेलले प्रस्तुत गरेका “सर्वोच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३” र “न्यायसेवा आयोग विधेयक, २०७३” पनि बहुमतले स्वीकृत भएको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कानूनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरु स्वीकृत भएका हुन ।

संसद् दुई घन्टाका लागि स्थगित
विधेयक पारित भइसकेपछि व्यवस्थापिका–संसदको आजको बैठक दुई घन्टाका लागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले संसद् नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल गर्न र पारित गर्न सहमतिका लागि अन्तिम पटक माग भएकाले बैठकको दैनिक कार्यसूचीबाट उक्त विषय हटाई दुई घन्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>