समाचारबुधबार, आषाढ १, २०७३

प्रधानमन्त्रीद्वारा वार्ताका लागि चुरे भावरलाई पत्र

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि पत्र पठाएका छन् ।

प्रधानमन्त्रीले पठाएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेशलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख भएको उक्त पार्टीका अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेले बताए ।

प्रधानमन्त्रीको वार्ताका लागि गरिएको आह्वानपत्रको पार्टीले स्वागत गर्दै वार्तामा बस्न तयारी गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै विगतमा गरेको आन्दोलनका समयमा सरकारले नौबुँदे सहमति गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>