समाचारबुधबार, आषाढ १, २०७३

नियमावलीमाथिको छलफल ५ गतेसम्म स्थगित

हिमालखबर

सभामुख ओनसरी घर्तीले संसद नियमावली मस्यौदासमितिको प्रतिवेदनमाथिको छलफलका ५ असारसम्मका लागि स्थगित गरेकी छन् ।

प्रतिवेदनमाथि छलफल गरी सहमति जुटाउनका लागि दलहरुले आग्रह गरेपछि ५ असारसम्म अन्तिम समय दिइएको घर्तीले उल्लेख गरेकी छन् ।

आजको संसद् बैठकको दैनिक कार्य सूचीमा रहेको नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल गरी पारित गर्ने विषय दलहरुको आग्रहमा हटाइएको थियो ।

यस्तै विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।

व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनेछन् ।

संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११ः०० बजेदेखि अपराह्न १७ः०० बजेसम्म बस्ने कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>