Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मलाई पनि संगीतमा लाग्ने रुचि थियोः पुष्पकमल दाहाल - Himalkhabar.com

रमझमबुधबार, आषाढ १, २०७३

मलाई पनि संगीतमा लाग्ने रुचि थियोः पुष्पकमल दाहाल

हिमालखबर

मलाई पनि संगीतमा लाग्ने रुचि थियोः पुष्पकमल दाहाल

गायिका स्मिता दाहालको ‘रागिनी’ गीति एल्बम सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम र गायक दीप श्रेष्ठले संयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । गायिका स्मिता अध्यक्ष दाहालकी नातिनीसमेत हुन ।

सङ्गीतको क्षेत्र सगरमाथाभन्दा उँचो र महासागरभन्दा गहिरो भएको अनुभव सुनाउँदै अध्यक्ष दाहालले भने, “मलाई पनि बाल्यकालमा यो क्षेत्रमा लाग्ने रुचि थियो, तर विभिन्न कारणले लाग्न पाइनँ, तैपनि यो क्षेत्रप्रति उत्तिकै सम्मान छ ।”

अध्यक्ष दाहालले नातिनी स्मितालाई अझै साधना गर्न र मेहनत गरेर अघि बढन आग्रह गर्नुभयो र भन्नुभयो, “सानैदेखि सुमधुर स्वर थियो । राम्रो सम्भावना छ । अघि बढ्दै जाउ तर मेहनत र साधना नछोड ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले सङ्गीत क्षेत्र व्यावसायिक रुपमा अघि बढ्दै गएको र यस क्षेत्रमा पेसागत रुपमा लागेकाहरुमाथि शोषण हुन नदिन सरकारले प्रयास गरिरहेको बताए ।

एल्बममा पाँचवटा गीतहरु रहेका छन् । गीतकारमा योगेन्द्रमणि दाहाल र सङ्गीतकारमा सुनील मास्के हुनुहुन्छ भने स्मिता स्वर दिएकी छन् ।

स्मिताको यो तेस्रो गीति एल्बम हो । यसअघि ‘स्मिता’ र ‘स्मिता–२’ सार्वजनिक भइसकेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>