Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोरला नाका २५ दिनलाई खुला - Himalkhabar.com

समाचारबिहीबार, आषाढ २, २०७३

कोरला नाका २५ दिनलाई खुला

हिमालखबर

चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला १ असारदेखि २५ दिनका लागि खुला गरेको छ।

बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए।

उनले २ असारबाट व्यापारिक कारोबार हुने पनि बताए। चीन्ले एक दशकभन्दा अघिदेखि सीमामा तारबारसहित कोरलामा गेट बन्द गरेको छ। त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्ने गर्थे। तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो। चीनले कोरलाको गेटमा ताला लगाउनुअघि देखि नै यसरी मेला लाग्दै आएको हो।

लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले तिब्बतको ढोङ्बासेन जिल्ला र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको बताए। कोरला नाकाभन्दा ३ किलोमिटर टाढा चीनको तिब्बती भागमा मेला हुन लागेको जाकनारी अधिकारीले दिए।

–अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>