Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गोली चलेको तीनदिनसम्म पनि हत्याको प्रारम्भिक जानकारी मात्रै - Himalkhabar.com

समाचारबिहीबार, आषाढ २, २०७३

गोली चलेको तीनदिनसम्म पनि हत्याको प्रारम्भिक जानकारी मात्रै

हिमालखबर

मुगुको उत्तरी गाउँ छुगुल्डुङमा यार्सा टिप्न गएकामाथि गोली प्रहार भएको जानकारी पाएको ३ दिनसम्म पनि प्रशासनले थप जानकारी लिन सकेको छैन ।

यार्सा टिप्न गएका माग्री–५, मुगुका कार्मा लामाको गोली प्रहारबाट ३२ जेठमा हत्या भएको जानकारी प्रहरीलाई स्थानीयले गराएका थिए । तर, प्रहरीले थप जानकारी लिन सकेको छैन ।

मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले घटनास्थल दुर्गम भएको र सञ्चार सम्पर्क समेत हुन नसक्ने ठाउँ भएकाले घटनाको पुष्टि हुन नसकेको बताए । उनले हिमालखबरलाई भने, “हिजो दिउँसो मात्रै घटनाबारे जानकारी प्राप्त भयो, लगत्तै प्रहरी परिचालन गरिएपनि थप जानकारी आउन सकेको छैन ।”

प्रजिअ शर्माका अनुसार घटनास्थल पुग्न सदरमुकामबाट तीन दिन लाग्छ । उनले भने, “सदरमुकामबाट दुई दिनको पैदलमा रहेको सिरनचौंर प्रहरी बेसक्याम्पबाट प्रहरी परिचालन गरिएको छ, तर उनीहरुले अहिलेसम्म थप जानकारी दिन सकेको छैन ।”

सिरनचौंर बेसक्याम्पबाट घटनास्थल १० घण्टा पैदलमा पर्छ । तर, मौसम प्रतिकुलतामा त्यहाँ पुग्न सजिलो छैन ।  ३२ जेठ राति ११ बजे गोलीबाट हत्या भएको जानकारी स्थानीयले थापाखाेला सहायक क्याम्पलाई दिएका थिए । त्यसपछि थापाखाेला क्याम्पले सिरनचाै‌र क्याम्पलाई र सिरनचाैंर क्याम्पले सदरमुकाममा जानकारी पैदल पुर्‌याएका थिए ।

गाेलीबाट हत्याकाे जानकारी पाएलगत्तै सदरमुकामबाट प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको छ । स्थानीयको जानकारी अनुसार यार्सा टिप्न गएकामाथि लुटेरा समूहले अन्धाधुन्ध गोली चलाउँदा लामाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>