समाचारबिहीबार, आषाढ २, २०७३

ट्रक र बस ठोक्किदा ३८ जना घाइते

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको रजहर–६, झरही खोलाको पुलमा बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ४९ २२ नम्बरको बस र लु १ ख ८६ १३ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा बसका ३८ यात्री घाइते भएका हुन् ।

घाइते मध्ये ५ जना गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>