समाचारबिहीबार, आषाढ २, २०७३

दाङमा तीन बेग्लाबेग्लै दुर्घटनामा ३४ घाइते

हिमालखबर

दाङमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् ।

आज बिहान दमारगाउँबाट तुलसीपुर आउँदै गरेको रा १ ख ४९४ नम्वरको बसले विपरित दिशावाट आउँदै गरेको जिपलाई साईड दिने क्रममा दुर्घटना हुँदा चालक विष्णु विक सहित बसमा सवार १९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते मध्ये तुलसीपुर–१९ की ३५ वर्षीय मालता रावत, तुलसीपुुर– १८ की ४२ वर्षीया लक्ष्मी परियार र श्रीगाउँ–४ की ४० वर्षीया लीला भण्डारीको अवस्था गम्भीर छ ।

दुर्घटनामा परी तुलसीपुर–१२ का ४८ वर्षिय लालवहादुर रावत, तुलसीपुर– १२ हरिपौरीका इन्द्रा भण्डारी, सोही ठाउँकै सरोज रेग्मी, तुलसीपुर– ६ एयरपोर्टकी तारा केसी, तुलसीपुर– ५ बसपाकर्का सुनिल परियार, पार्वती परियार, ५ वर्षीय राज परियार, डुरुवा–८ भोजपुरका अर्जुन चौधरी, तुलसीपुर– १२ टरिगाउँका निर्मला डाँगी, तुलसीपुर– ६ गोलौराकी दिपशिखा बस्नेत, तुलसीपुर–१९ जसपुरकी उमा केसी, तुलसीपुर– ५ वसपार्कका रोल्पा बुढागाउँका जयलाल पुन, तुलसीपुर– १२ हरिपौरीका शरद बस्नेत घाइते भएका छन् ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तीन जना बाहेक अरु सबैको अवस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, पश्चिम दाङको पञ्चकुलेको ओदालेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ५३६ नम्बरको जिप चिसापानीमा दुर्घटना हँुदा १३ जना यात्रु घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार दुर्घटनामा परि पञ्चकुलेका ओविराम रावत, रामकली थापा, नेत्रकला वली, सुष्मा नेपाली, विजयकुमार जोसी, देवी वली, धनकुमार पुन, लिला डाँगी, अनिता देवकोटा, जितबहादुर देवकोटा, बेदबहादुर डाँगी, कल्याण पुन, धनकुमारी केसी घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ ।

यस्तै, पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको सतवरीयामा पश्चिमवाट पूर्व तर्फ जाँदै गरेको लु २ त २२६८ नम्वरको ट्रयाक्टरले साईकललाई ठक्कर दिंदा दुइजना वालिका घाइते भएका छन् ।

ट्रयाक्टरको ठक्कर बाट साइकलमा सवार सतवरीया २ निंबुखुटीकी १० वर्षीया शीतल गिरी र ७ वर्षीया पूजा गिरी घाईते भएको लमही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको लमही मा उपचार भइरहेको छ ।
गणेश आचार्य, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>