Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्साः ७ हजार चल्ला सहित ३ जना पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २, २०७३

पर्साः ७ हजार चल्ला सहित ३ जना पक्राउ

हिमालखबर

broilar (1)पर्सा प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएको ब्रोईलर कुखुराका ७ हजार चल्ला सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा ईनर्वाशिरा–४ का २० वर्षीय सद्दाम हुसेन, गढीमाई–७ का ४१ वर्षीय प्रभू दास र पर्सा विरुवागुठी २ का १८ वर्षीय शेष शहन्शाह छन् ।

जिल्ला प्रहरी कार्यालयमा पर्सामा आयोजित पत्रकार सम्मेलनमा भारतबाट पंक्षीजन्य चिजबस्तु ओसार पसारमा रोक लगाईएको भए पनि ब्रोइलर कुखुराको चल्ला भित्र्याउँदै गरेको अवस्थामा तीनजनालाई गाडीसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उनले प्रहरीले दैनिक स–सानो परिमाणमा भारतबाट अवैध रुपमा भित्र्याएको चल्ला बरामद गरे पनि यसपटक भने गाडी सहित ठूलो संख्यामा चल्ला बरामद भएको बताए ।

भारतबाट ना ५ ख ७९७७ नम्बरको मिनि ट्रकमा चल्ला ल्याउँदै गर्दा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले ०२ असारमा वीरगञ्ज उपाहानगरपालिका वडा नं २४ ड्राईपोर्ट सिर्सियाबाट चल्ला सहितको ट्रक र मानिसलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र चल्ला पशु क्वारेन्टाईन कार्यालय पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

क्वारेन्टाईन कार्यालयका पशु प्राविधिक रामकृष्ण महतोले भने बिहार क्षेत्रमा वर्ड फ्लु नभएपनि भारतबाट पंक्षीजन्य बस्तुहरु आयातमा प्रतिबन्ध लगाईएकोले ल्याउन नहुने बताए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>