थप समाचारबिहीबार, आषाढ २, २०७३

पूर्व मुमा बडामहारानी रत्न नर्भिक भर्ना

हिमालखबर

ratnaपूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी पेटसम्बन्धी समस्याका कारण आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएकी छन् ।

अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा उनी भर्ना भएको अस्पतालले जनाएको छ । उनको उपचारमा पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरे संलग्न छन् ।

रत्न तत्कालीन राजा महेन्द्र शाहकी पत्नी हुन । गणतन्त्र घोषणापछि राजपरिवारका सदस्यहरु नारायणहिटी दरबारबाट नागार्जुन सरे पनि उनी नारायणहिटी दरबारकै महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...