अर्थ/बजारबिहीबार, आषाढ २, २०७३

प्यासिफिक डेभलपमेन्ट बैंक ग्लोबल आइएमईमा एक्विजिसन

हिमालखबर

global_IMEग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन (गाभ्ने) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

१ असारमा हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेषबहादुर पौडेल हस्ताक्षर गरेका छन् ।

दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम तीन महिनाभित्र सम्पन्न गर्ने सहमति भएको हो ।

लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ११ करोड छ ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु. ६ अर्व २७ करोड, कुल निक्षेप रु.७१ अर्व, कर्जा लगानी रु. ६१ अर्व र ९४ वटा शाखा कार्यालय पुग्नेछन् ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>