रमझमबिहीबार, आषाढ २, २०७३

आर्किटेक्ट कविताको रुचि

सजना बराल

kabitaअमेरिकाको मासाचुसेट्स अफ टेक्नोलोजीबाट आर्किटेक्चर एण्ड सिटी प्लानिङमा स्नातक कविता श्रीनिवासनले लस एन्जलसमा डेढ वर्षजति अर्बान डिजाइनरका रूपमा काम गरिन्। तर, उनको रुचि अन्तै रहेछ। “अनि अभिनयका कक्षाहरू लिन थालें”, उनी भन्छिन्, “अभिनयमा मज्जा लाग्न थालेपछि आर्किटेक्ट काम छोडें।”

सन् २००६ बाट रंगमञ्च, चलचित्र र विज्ञापनहरूमा अभिनय शुरु गरेकी कविताले अंग्रेजी भाषाका नाटकहरू निर्माण तथा मञ्चन गर्ने काठमाडौंको ‘वन वर्ल्ड थिएटर’ ले प्रस्तुत गरेको ‘नोइजेज एस’ मा काम गरिन्। त्यसपछि उनी अभिनयको दुनियाँ फराकिलो पार्न माइती kavithaदेश, भारत लागिन्। “त्यहाँ चार वर्षको संघर्षमा धेरै कुरा सिकें”, उनी भन्छिन्। त्यो अवधिमा उनी तेलगु चलचित्र ‘कालिचरण’, तमिल चलचित्र ‘अधियुम अन्धामुम’ हिन्दी चलचित्र ‘कुर्बान’ लगायतमा देखिइन्।

ब्यांकर उमंग पाण्डेसँग विवाह गरेकी कविता सन् २०१० यताका केही वर्ष भने घरायसी कामकाजमै व्यस्त रहिन्। यसबीचमा उनले ‘आना इन द ट्रोपिक्स’ नाटकमा अभिनय गरिन्।

अहिले कविता पीएस जिन्दगी नामक वेब सेरिजकी निर्माता, पटकथा लेखक र कलाकारका रुपमा सक्रिय छिन्। पीएसलाई पोष्ट स्क्रिप्ट नभई पोष्ट सेइस्मिक अर्थ दिइएको यो सिरियलले १२ वैशाख २०७२ को भूकम्पपछिको युवापुस्ताको दैनिकी र दृष्टिकोण देखाउन खोजेको छ।

यूट्यूबमा चर्चा कमाइरहेको पीएस जिन्दगी आगामी अक्टोबरमा फ्रान्समा हुनेे ‘इन्टरनेशनल फेस्टिभल अफ डिजिटल सेरिज’ को औपचारिक प्रतिस्पर्धा विधामा छानिएको छ। “वेब शृंखलाको क्षेत्रमा यो महोत्सवलाई महत्वपूर्ण मानिन्छ”, कविता भन्छिन्, “राम्रै काम थालिएछ जस्तो लागेको छ।”

उत्पल झाले निर्देशन गरेको यो शृंखलामा एकै घरमा बस्ने विभिन्न जाति र धार्मिक पृष्ठभूमिका पाँच युवाको कथा समेटिएको छ। शृंखलामा कविता र उत्पलसँगै राजकुमार पुडासैनी, सुजाता कोइराला, कल्साङ डी. लामालगायतले अभिनय गरेका छन्। शृंखलाका चार भाग यूट्यूबमा राखिएको छ।
सजना

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>