Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वातावरण बने वार्तामा बस्छौंः मधेशी मोर्चा - Himalkhabar.com

समाचारबिहीबार, आषाढ २, २०७३

वातावरण बने वार्तामा बस्छौंः मधेशी मोर्चा

हिमालखबर

माेर्चाकाे बैठकमा सहभागी नेताहरु ।

माेर्चाकाे बैठकमा सहभागी नेताहरु ।

मधेशी मोर्चासहित आन्दोलनरत संघीय गठबन्धनले सरकारले वार्ताको वातावरण बनाए वार्तामा बस्ने निर्णय गरेको छ ।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा २ असार साँझ बसेको गठबन्धनको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै आफ्ना मागप्रति सरकार लचकताकासाथ प्रस्तुत भए वार्तामा जाने निर्णय गरेको हो ।

वार्ताको उपयुक्त वातावरण बने सरकारसँग वार्ता गर्ने निर्णय भएको गठबन्धनको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।

“हामी पहिला पनि वार्ताकै पक्षमा थियौँ, वार्ताको वातावरण बनाएको खण्डमा अहिले पनि वार्ताबाटै समस्याको समाधान चाहन्छौँ, यसप्रति सरकारले गम्भीरता देखाउनुपर्छ,”, उनले भने ।

यसैबीच, गठबन्धनको बैठकलगत्तै बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले पनि सरकारले वार्ताको वातावरण बनाएमा वार्तामा बस्ने निर्णय गरेको छ । बैठकले मधेशी मोर्चामा आबद्ध संघीय गठबन्धनलाई पनि वार्तामा बोलाउन सरकारको ध्यानाकर्षण गराएको सद्भावना सहअध्यक्ष कर्णले बताए।

उनले मोर्चाको पछिल्लो मधेश आन्दोलनमा घाइतेको उपचार खर्च, न्यायिक छानबिन आयोग गठनलगायत ४ बुँदे मागप्रति सरकारले लचकता अपनाए वार्ताका लागि आतुर रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>